Section 41
प्रदेश स्तरमा समिति गठन गर्न सक्ने
(१) प्रदेश सरकारले यो ऐन तथा यस ऐन अन्तर्गत बनेको नियमावली बमोजिम अपाङ्गता भएका व्यक्तिहरुको अधिकारको प्रभावकारी रुपमा कार्यान्वयन गर्न गराउन तथा प्रदेश सरकारबाट अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धमा आवश्यक कार्यक्रम तयार गरी कार्यान्वयन गर्न समेतको लागि सम्बन्धित विषय हेर्ने मन्त्रीको अध्यक्षतामा प्रदेश स्तरको समिति गठन गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम गठित समितिको काम, कर्तव्य र अधिकार यो ऐन तथा यस ऐन अन्तर्गत बनेको नियमावलीको अधिनमा रही प्रदेश सरकारले निर्धारण गरे बमोजिम हुनेछ ।
(२) उपदफा (१) बमोजिम गठित समितिको काम, कर्तव्य र अधिकार यो ऐन तथा यस ऐन अन्तर्गत बनेको नियमावलीको अधिनमा रही प्रदेश सरकारले निर्धारण गरे बमोजिम हुनेछ ।